Incident Reports

घर भत्काएको बिरोधमा प्रदर्शन

2017-06-04

Madhes, Sarlahi, Malangawa

मध्यरातमा प्रहरी र बजार व्यवस्थापन समितिले बाटो विस्तार गर्नुपर्ने भन्दै घर भत्किएको बिरोधमा स्थानीयले अनिश्चितकालिनका लागि गडैता बजार बन्द गरेका छन्। बजार विस्तारका क्रममा सुक्रबार राति १२ बजे प्रहरी र समितिले डोजर लगाएर घर भत्काए पछि स्थानीय आन्दोलित बनेका हुन्। बिना सूचना छापामार शैलीमा घर भत्काउनुका साथै बिरोध गर्न आउनेलाई गाली गरेपछि आन्दोलनस्वरुप बजार बन्द गरेको स्थानीय बिनयकुमार यादवले बताउनुभयो। गडैता प्रहरी चौकीका इन्चार्ज प्रमोदलाल यादव र समितिका अध्यक्ष लालबाबु यादवले मनपरी किसिमले बजार विस्तारको नाममा गणेश दास, बिनेश दास र बिस्वनाथ दासको घर,पसल लगायत संरचना भत्काएको उनको भनाइ छ। अतिक्रमण जग्गाको नापी भैसकेको र हटाउने तर्फ पनि ब्यापारी लागेका थिए उनले भने। पटक पटक सूचना जारी गर्दा पनि आलटाल गरेकाले डोजर लगाएर भौतिक संरचना हटाएको प्रहरीले जनाएका छन्, सामान्य क्ष्ाति मात्र भएको प्रहरी इन्चार्ज प्रमोदलाल यादवले बताए। नगरपालिकाको पटक पटक सूचना जारी गरे पनि पसलहरुले अटेरी गरेपछि समितिले रातिको समयमा डोजर प्रयोग गरेका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments