Incident Reports

माइक्रोले बटुवालाई ठक्कर दिँदा २ को मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

2017-06-06

बुटवलबाट राजधानी जाँदै गरेको माइक्रोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सिम्लेमा बटुवालाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । अधिक गतिमा रहेको माइक्रोले बाटोमा हिँडिरहेकी बन्दना परियारलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करले परियारको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी घाइते भएकी गंगा थापाको पनि उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको नौविसे प्रहरीले बताएको छ । स्थानीय सुष्मा थापालाई उपचारको लागि राजधानीको नर्भिक अस्पताल लगिँदै छ । ठक्करपछि उत्तेजित भीडले चालकसहित माइक्रोलाई आगजनीको प्रयास गरेका थिए । तर प्रहरीले चालकलाई निकालेको थियो । पछि भीडले माइक्रोमा आगजनी गरेका छन् । आक्रोशित स्थानीयले अहिले राजमार्ग अवरुद्ध गरेका छन् । काठमाडौंबाट छुटेका र राजधानी भित्रने कैयौं गाडीका यात्रु अलपत्र परेका छन् । चालक भुपराज डुम्रे प्रहरीको नियन्त्रणमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Road block
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments