Incident Reports

भ्रष्टाचारको आरोप लगाउँदै विद्यालयमा तालाबन्दी

2017-06-07

Karnali, Jajarkot, Bheri

जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नं ६ का स्थानीयबासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताए । विद्यालयमा तालाबन्दी गर्दै तत्कालीन प्रधानाध्यापक तथा हालका शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही माथि लाखौँ रकम अनियमितता गरेको आरोप लगाएको छ । विसं २०६८/६९ सालमा साविकको गाउँ विकास समिति थालारैकरबाट उच्च मावि सञ्चालनका लागि ल्याइएको रु १२ लाख ९७ हजार उच्च मावि सञ्चालन नगरी अनियमितता भएको आरोप लगाइएको छ । त्यस्तै, २०७२÷७३ मा सांसद रीता रावलले सांसद विकास कोषमार्फत उपलब्ध गराएको रु एक लाख ७२ हजार फर्निचर निर्माण नगरी हिनामिना भएको पनि आरोप लगाइएको छ । फिल्ड निर्माणका लागि खेलकुद विकास समितिद्वारा उपलब्ध गराएको रु १० लाखको काम नगरी अनियमितता गरेको आन्दोलनकारीले आरोप लगाएका छन् । २०७३÷७४ मा गाविसबाट विद्यालयको भवन निर्माणका लागि ल्याएको रु तीनलाख रकम काम नगरी हिनामिना गरेको, २०७१ सालदेखि अहिलेसम्म प्रतिविद्यार्थी रु तीन हजारका दरले प्रमाणपत्र लिएबापत उठाएको रकम विद्यालयको खातामा नभएको समेत आरोप लगाइएको छ । यस विद्यालयका तत्कालीन प्रधानाध्यापक नरेन्द्र शाहीले अहिलेका प्रअ निमबहादुर खत्रीलाई खाता, हिसाब अहिलेसम्म उपलब्ध नगराएको समेत आन्दोलनकारीले आरोप लगाएका छन् । तालाबन्दी गर्नुको कारण जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालयसमेतलाई जानकारी गराएको र सबै कुराको हिसाब नहुञ्जेलसम्म ताला नखोल्ने सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments