Nepal Tarun Dal Bara took out a rally in Simara on May 2 supporting the impeachment on the Chief Justice Sushila Karki.
The rally was taken out from an old VDC Office in Simara with slogans against Chief Justice written in different placards. The rally ended after reaching the main market.
नेपाल तरुण दल बाराले भने प्रधानन्यायधिश सुशिला कार्की विरुद्ध लगाइएको महाभियोग प्रस्तावको समर्थनमा सिमरामा आज र्याली निकालेको छ ।
र्यालीमा सहभागी तरुण दलका युवाहरुले कार्यपालिका माथिको हस्तक्षेप बन्द गर, सर्वोच्च अदालत माथिको सिण्डिकेट खारेज गर, निर्वाचन विरोधी गतिविधी गर्न पाइदैन, संबैधानिक अधिकार मिच्ने प्रधानन्यायाधिश चाहिदैन जस्ता नारा पनि लगायको नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश संघले जानकारी दिनु भयो ।
सिमरा स्थित पुरानो गाविस कार्यालय भवन परिसरबाट विभिन्न नारा अंकित प्ले कार्ड सहित निकालिएको र्याली बजारको मुख्य चोकमा पुगेर समापन भएको थियो ।
अध्यक्ष सिंहकै अध्यक्षतामा सम्पन्न कोणसभालाई नेपाली कांग्रेसको जितपुर सिमरा उपमहानगरपालिका नगर कार्य समितिका सभापति
श्यामबाबु गुप्ता, श्यामबाबु गुप्ता, छविलाल पौडेल, सुशील दवाडी लगायतकाले सम्बोधन गरेका थिए ।