Incident Reports

महाअभियोगको समर्थनमा तरुण दलको र्याली

2017-05-02

Madhes, Bara, Jitpur Simara

नेपाल तरुण दल बाराले भने प्रधानन्यायधिश सुशिला कार्की विरुद्ध लगाइएको महाभियोग प्रस्तावको समर्थनमा सिमरामा आज र्याली निकालेको छ । र्यालीमा सहभागी तरुण दलका युवाहरुले कार्यपालिका माथिको हस्तक्षेप बन्द गर, सर्वोच्च अदालत माथिको सिण्डिकेट खारेज गर, निर्वाचन विरोधी गतिविधी गर्न पाइदैन, संबैधानिक अधिकार मिच्ने प्रधानन्यायाधिश चाहिदैन जस्ता नारा पनि लगायको नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश संघले जानकारी दिनु भयो । सिमरा स्थित पुरानो गाविस कार्यालय भवन परिसरबाट विभिन्न नारा अंकित प्ले कार्ड सहित निकालिएको र्याली बजारको मुख्य चोकमा पुगेर समापन भएको थियो । अध्यक्ष सिंहकै अध्यक्षतामा सम्पन्न कोणसभालाई नेपाली कांग्रेसको जितपुर सिमरा उपमहानगरपालिका नगर कार्य समितिका सभापति श्यामबाबु गुप्ता, श्यामबाबु गुप्ता, छविलाल पौडेल, सुशील दवाडी लगायतकाले सम्बोधन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments