Incident Reports

राजपाद्वारा निर्वाचन कार्यालय घेराउ

2017-05-30

Madhes, Parsa, Birgunj

पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार राष्ट्रिय जनता पार्टी पर्साले विरगंजमा रहेको जिल्ला निर्वाचन कार्यालय मंगलबार घेराउ गरेको छ । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले विरगंजको राधेमाई टोलमा रहेको जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउ गर्दै नाराबाजी पनि गरेका छन् । उनीहरुले बिहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म दुइघण्टा निर्वाचन कार्यालय घेराउ गर्दै सरकार र तीन दलका विरुद्धमा नाराबाजी पनि गरेका छन् । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेताहरु शिव पटेल, निजामुदिन समानी, राजेशमान सिंह लगायतका सहभागीता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis