Incident Reports

इस्टूद्वारा स्टोनब्रिजमा तालाबन्दी

2017-04-30

Sudurpashchim, Kailali, Dhangadhi

संस्थागत बिद्यालय शिक्षक युनियन कैलालीले धनगढीमा रहेको स्टोनब्रिज स्कुलमा तालाबन्दी गरेको छ । अर्का बिद्यालयलाई असर गर्ने गरि बिद्यालय स्थानान्तरण गरिएको भन्दै इस्टुले आइतबार सो विद्यालयमा तालाबन्दी गरेको हो । यसअघि शिवनगरमा रहेको स्टोनब्रिज नयाँ शैक्षिक सत्रदेखि धनगढी-५ , स्थित पब्लिक बिद्या निकेतन नजिकै सरेको छ । नजिकै सर्दा पब्लिक बिध्या निकेतन बन्द हुनसक्ने र यसले शिक्षक बिस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले तालाबन्दी गरिएको युनियनले जनाएको छ । युनियनका जिल्ला उपाध्यक्ष्य शिवराज जोशीले बिध्यालय स्थानान्तरण गर्दा शिक्षा कार्यालयको अनुमति आवस्यकता भएपनि अनुमति नलिएरै स्थानान्तरण गरिएको बताए । यता स्टोनब्रिजले भने यसअघि बिध्यालय रहेको घरसंग भाडाको सम्झौता अवधि सकिएकाले आफ्नै जमिनमा सरेको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments