Incident Reports

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन ताला

2017-06-12

Bagmati, Kathmandu, Kathmandu

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै स्ववियुसहित विभिन्न ७ विद्यार्थी संगठनले सोमबार विश्वविद्यालयमा तालावन्दी गरेका हुन् । शैक्षिक सुधारको माग गर्दै यस अघि २४ घण्टे अल्टिमेटम दिएका विद्यार्थी संगठनले बार्ताका नाममा आफूहरुलाई क्याम्पस प्रशासनले धोका दिएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । विश्वविद्यालयसंगको बार्ता विनानिष्कर्ष सकिएपछि विद्यार्थीहरुले आन्दोलनको पहिलो दिन सोमबार उप-कुलपतिको कार्यालय सहित सबै कार्यालयहरुमा तालाबन्दी गरेका छन् । साथै क्यापसका यातायातका साधन सञ्चालनमा रोक लगाइएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले जानकारी दिए । विद्यार्थीहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अनुसार मंगलबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गर्ने, बुधबार सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, असार १ गते विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने बताइएको छ । यस्तै असार २ गते विश्वविद्यालयको केन्द्रीय क्याम्पस हाताभित्र विरोध र भण्डाफोर कार्यक्रम गर्ने तथा २ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीहरुले विश्वविद्यालयलाई व्यवस्थित साझा शैक्षिक संस्थाको रुपमा स्थापित गरी आंगिक रुपमा सम्बन्धन दिने भनिएका क्याम्पसहरुमा सम्बन्धन दिई संचालनमा ल्याउन माग गरेका छन् । विज्ञप्तिमा स्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, अखिल (छैठौँ), नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनका प्रतिनिधिले हस्ताक्षर गरेका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments