Incident Reports

एमयुमा फेरी तालाबन्दी

2017-06-12

मध्यपस्चिमांचल विश्वविद्यालयमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन्। शैक्षिक सुधारका माग गर्दै यसअघि २४ घन्टे अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले वार्ताका नाममा आफुहरुलाई क्याम्पस प्रशासनले ढोका दिएको भन्दै तालाबन्दी गरेका हुन्। विश्वबिद्यालयसंगको वार्ता बिना निष्कर्ष सक्किएपछी विद्यार्थीहरूले आन्दोलनको पहिलो दिन सोमबार केन्द्रीय कार्यालय, डीन कार्यालय, परिक्षा शाखा र निर्देशनालयमा तालाबन्दी गरेका छन्। साथै क्याम्पसका यातायात साधन संचालनमा पनि रोक लगाइएको बताइएको छ। बिद्यार्थीहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्। आन्दोलनका कार्यक्रमहरुमा मंगलबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने, बुधबार सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने, असार १ गते बिद्यार्थीहरुसंग अन्तरक्रिया गर्ने बताइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments