Incident Reports

मृतक परिवारले राहत नपाएको गुनासो l

2013-06-01

Province 1, Khotang, Barahapokhari

DM Chamling Rai खोटाङ । जेठ १८ गते द्वन्दको समयमा विद्रोही पक्षद्धारा ०६१ कातिक १८ गते यातनापछि हत्या गरिएकी लिच्कीराम्चे गाविस-९ की ३९ वर्षीय निर्मला बस्नेतको परिवारले अझै राहत नपाएको गुनासो आएको छ । देशमा शान्ति सम्झौता भएको सात वर्षबितिसक्दा पनि राहत नआउँदा आफूहरू थप मारमा परेको मृतकका पति हिक्मत बस्नेतले इन्सेक प्रतिनिधिसमक्ष गुनासो गरेका छन् । द्वन्द पीडित व्यक्ति परिवार एवम् संरचनाको लागत संकलन गर्ने कार्यदलको प्रतिवेदनमा नाम उल्लेख भइसकेका मृतकको परिवारलाई हालसम्म पनि राहत नआएको स्थानीय शान्ति समिति खोटाङका नायब सुब्बा रमेश पोखरेलले बताए । स्थानीय ७० वर्षीय वृद्व मात्तिमे विश्वकर्मासँग अवैध सम्बन्ध गाँसेको झुठो आरोप लगाउँदै तत्कालिन माओवादीका कार्यकर्ताहरू ज्ञानु तामाङ, इन्द्र दंगाल, श्याम कार्कीले छिमेकी गाविस सिम्पानी पुर्‍याई बस्नेतको यातनापछि हत्या गरेका थिए । शान्ति समितिको कार्यालयले द्वन्दको क्रममा हत्या भएको भनी निर्णय गराई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा निर्णय प्रतिलिपि पठाएको र १-१२-१४ संकेत नम्बर कार्यदलमा उल्लेख भए पनि राहत नआएको शान्ति समितिले जनाएको छ । मृतकका पति हिक्मत बस्नेतले एक वर्षअघि सम्पूर्ण कागजात पेश गरेपनि नियमानुसार पाउनुपर्ने ३ लाख रुपैयाँ नपाएको गुनासो गरेका छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports