Incident Reports

एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच झडप, चार जना घाइते

2017-06-28

Province 1, Terhathum, Phedap, Ward 2

फेदाप गाउँपालिका २ ओयाक्जुङमा स्थानीयतहको निर्वाचन सकिएर घर फर्किदैँ गरेका काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच असार १४ गते राति झगडा हुँदा चार जना घाइते भएका छन् । वडामा कुन दलले जित्छ भन्ने विषयमा झगडा हुँदा एमालेका कार्यकर्ताको कुटाईबाट काङ्ग्रेसका ३५ वर्षीय पिताम्बर सिंगक, ३० वर्षीय रुद्रप्रसाद ढकाल, ४० वर्षीय मानबहादुर लिम्बु र ३० वर्षीय साजन बास्कोटा घाइते भएका हुन् । घाइतेहरूको सामान्य उपचार जिल्ला अस्पतालमा गरेपछि पिताम्बरलाई चिकित्सकले जिल्ला बाहिर ‘रेफर’ गरेको पीडित पक्षले जनाएको छ । घटनाको बारेमा ओयाक्जुङ प्रहरीचौकीलाई जानकारी गराएको भएपनि घटनामा संलग्न एमालेका कार्यकतालाई गिरफ्तार नगरिएको पीडित पक्षले गुनासो गरेका छन् । घटनाको बारेमा प्रहरीमा उजुरी नआएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राम ढकालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
Election-related cause primary
INSEC

0 Comments

Related Reports