Incident Reports

रघुनाथपुरलाई छुट्टै गाउँपालिकको माग सहित सत्याग्रह रिले अनसन

2017-06-08

Madhes, Dhanusha, Dhanusadham

विगत तीन महिनादेखि लगातार छुट्टै गाउँपालिकाको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका धनुषाको रघुनाथपुरमा सत्याग्रह रिले अनसन शुरु भएको ६ दिन पुगेको छ । महिनौदेखिको आन्दोलनलाई नजर अन्दाज गरि अन्तिम समयमा थपिएको स्थानीय तहमा समेत धनुषाका नेपाली काँग्रेस र माओवादी केन्दका सांसदहरु गाउँलाई गाउँपालिका नबनाएको भन्दै गाउँका सबै राजनीतिक दलहरु आधिकारिक रुपमै आफ्नोे पार्टीको लेटर प्याडमा हस्ताक्षर गर्दै आगामी चुनावमा मत समेत नखसाल्ने प्रतिबद्धता जाहेर गर्दै रिले अनसन शुरु गरेका हुन् । पटक पटक राजमार्ग घेराउ र जनकपुरमा विशाल जनसहभागिता सहित प्रदर्शन गरेर दिनै पिच्छे रचनात्मक आन्दोलन गर्दै र्आका गाउँका जनताहरु बाँध्य भएर अनसन थालेका हुन् । अनसनमा गाउँका महिला, वृद्धवृद्धा देखि युवा र किशोरहरु समेत स्वस्फुर्त बस्न थालेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis