Incident Reports

तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी

2017-07-01

Madhes, Dhanusha, Nagarain

पाँच वर्षदेखि विद्यालयमा कार्यरत रहेको शिक्षकले तलब नपाएको भन्दै धनुषाको एउटा विद्यालयमा तालाबन्दी गरेका छन् । धनुषा जिल्लाको बहुअर्वा स्थित श्री बासुदेव उच्च माविका प्रधानाध्यापकको कार्यकक्षमा विगत ५ दिनदेखि कर्मचारी, शिक्षक सहित स्थानीयले ताल्चा लगाएका छन् । २०७० सालदेखि आफूहरुले तलब नखाएको भन्दै विद्यालयसम्बद्ध कर्मचारीहरुले प्रधानाध्यापक तपेश्वर कुमार मल्लको कार्यकक्षमा गएको बिहीबारदेखि तालाबन्दी गरेका हुन् । विद्यालय अनियमितताका कारण प्रधानाध्यापक मल्लिाकको रबैयाको विरोध गर्दै विद्यालयका एक शिक्षक बाहेक सम्पूर्ण शिक्षकले कर्मचारीको तालाबन्दीमा समर्थन तथा एकबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । खाता सञ्चालकमध्येका एक उमेश मिश्र, मावि विज्ञानका शिक्षकले भने उनी विरुद्ध हस्ताक्षर गरेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments