Incident Reports

पशुपति परिसरमा डोजर ! शिवालय भत्काएको भन्दै स्थानीयको विरोध

2017-07-10

Bagmati, Kathmandu, Kathmandu, Ward 8

RSS पशुपतिनाथ मन्दिर परिसरमा रहेको एउटा शिवालय विवादास्पद रुपमा भत्काइएको छ । किरियापुत्री भवन बनाउने भन्दै शिवालय भत्काएपछि स्थानीयले पशुपति क्षेत्र विकास कोषको आलोचना गरेका छन् । तर, कोषका अधिकारीहरुले भने भत्काइएको संरचना शिवालय नै नभएको दावी गरेका छन् । गत शनिबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनको कार्यकालको अन्तिम दिन थियो । त्यही दिन वनकाली क्षेत्रमा रहेको एक शिवालय छेउमा डोजर पुग्यो र पुरानो शिवालय भत्काउन थाल्यो । केही स्थानीयले बिरोध जनाएपनि डोजर रोकिएन । स्थानीयले पुरातात्विक क्षेत्रको शिवालय नभत्काउन माग गरेका थिए । आफ्नो कुरा सुनुवाई नभएपछि स्थानीयले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडाअध्यक्ष दिनेशकुमार डंगोललाई फोन गरे । पशुपति क्षेत्रभित्रै डोजर प्रवेश गरेको र पुरातात्विक शिवालय भत्काएको कुरा सुनेपछि डंगोल तत्काल घटनास्थल पुगे । ‘म पुगेर पनि केही गर्नसक्ने स्थिति थिएन । मुचुल्का समेत नउठाई स्थानीयहरु नभएको मौका छोप्दै शिवालय भत्काइएको रहेछ,’ डंगोलले भने, ‘पशुपति क्षेत्रमा डोजर छिराएर त्यति धेरै पुरातात्विक महत्वको शिवालय भत्काउनु क्षम्य अपराध होइन ।’ उनले शिवालयमा हुनुपर्ने विभिन्न मूर्तिसहितका सम्पदाहरु त्यहाँ नरहँदा विभिन्न आशंका उत्पन्न भएको पनि बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments