Incident Reports

क्षतिपूर्ति माग गर्दै यातायात अवरुद्ध

2017-07-12

Province 1, Khotang, Rupakot Majhuwagadhi

बस दुर्घटनामा मृत्यु भएका ११ महिने बालकका आफन्तले यातायात बन्द गराएका छन् । गत जेठ २९ गते दिक्तेलबाट जयरामतर्फ गइरहेको बा २ ख ७०७१ नम्बरको यात्रु बसमा सवार रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ११ महिने अजित विश्वकर्माको मृत्युपछि आफन्तले क्षतिपूर्ति नपाएको भन्दै बुधबार बिहानैदेखि अनिश्चितकालीन यातायात बन्द गराएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलसमक्ष पटक–पटक क्षतिपूर्तिको अनुरोध गर्दा बेवास्ता गरेको भन्दै यातायात बन्द गराएको मृतकका बाजे नरबहादुर विश्वकर्माले बताए । प्रमुख जिल्ला अधिकारी पोखरेलले भने क्षतिपूर्तिको प्रक्रिया बढेको बताएका छन् । यातायात बन्द हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments