Incident Reports

पेस्तोल सहित पक्राउ

2017-07-11

Madhes, Sarlahi, Lalbandi

लालबन्दी नगरपालिका–१ नवलपुर चोकबाट बा.१६ च ३२४९ नम्बरको कार चालक हरिवन नगरपालिका–११ बस्ने ३१ वर्षीय मोहम्द रिजवान र कारमा सवार ३० वर्षीय कर्णबहादुर ब्लोनलाई पेस्तोल १ थान, सोको म्याग्जिन २ थान, ३ राउण्ड गोली सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको सो कार शंका लागि चेकजाँच गर्ने क्रममा उक्त पेस्तोल फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Mahottari

0 Comments