Incident Reports

रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभामा तोडफोड

2017-07-10

Bagmati, Chitawan, Ratnanagar

विधान संशोधनको विषयलाई लिएर रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभामा सोमबार तोडफोड भएको छ । विधान संशोधनको विपक्षमा रहेका केहि व्यवसायीहरुले साधारण सभाको हलमा तोडफोड गरेका हुन्। विधान मस्यौदा समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले संशोधन प्रस्ताव प्रस्तुत गरेर पारित भएको घोषणा गरे लगत्तै असन्तुष्ट व्यवसायीहरु तोडफोडमा उत्रिएका थिए । असन्तुष्ट व्यवसायीहरुले कार्यक्रमको मंच तोडफोड गरेको प्रहरीले जनाएको छ।उनीहरुले मंच भत्काउनुका साथै टेबल,कुर्ची समेत तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । व्यवसायीले १८ औँ साधारण सभा तथा अधिवेशन लेखेको संघको मूल व्यानरसमेत च्यातेका थिए ।ती प्रमुख दल व्यवसायीहरुले एक हप्ता अघि अर्को अधिवेशनबाट वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष हुने र अहिलेकै अधिवेशनबाट एशोसिएट उपाध्यक्ष राजाराम रेग्मीलाई सहमतिका आधारमा अध्यक्ष बनाउने सहमति भएको थियो । त्यसको केहि व्यवसायीहरुले विरोध गर्दै निर्वाचनका आधारमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले सबै पद निर्वाचनमार्फत चयन हुनुपर्ने मागसमेत गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Others
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments