Incident Reports

तुलसीपुरका सुन चाँदी पसल वन्द

2017-07-20

Lumbini, Dang, Tulsipur

दाङ तुलसीपुरका सुन पसल विहीवार बन्द गरिएका छन् । दिनेश ज्वयलर्सका सञ्चालक माथि बुधवार बेलुका तुलसीपुरमा भएको कुटपिटको विरोधमा बजारका सुन चाँदी पसल बन्द गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिए । उनका अनुसार बुधवार बेलुका पशल वन्द गरेर घर तर्फ जादै गर्दा कुलदिप कौशल र देवी प्रशाद कौशलका बाबु छोरामाथि कुटपिट भएको थियो । कुटपिटमा सम्लग्न व्यक्तिहरुलाई कानुनी कारवाहीको माग गर्दै तुलसीपुरका सुन चाँदी पसल वन्द गरिएको रिजालले बताए । कौशलका बाबु छोरालाई कुटपिट गर्नेहरु अन्य सुन पसलमा काम गर्ने कालिगढ रहेको जानकारी प्रहरीले दिएको छ । समस्या समाधानका लागि विहीवार विहानै देखि छलफल भएपनि कुरा मिल्न सकेको छैन । तर अबको केही बेरमा फेरि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा छलफल हुन लागेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Other Sources

0 Comments