Incident Reports

महिलाहरुले गरे गाउँपालिकामा तालाबन्दी

2017-07-10

Madhes, Rautahat, Gadhimai

रौतहट स्थित गढीमाई गाउँपालिकामा स्थानीय महिलाहरुले तालाबन्दी गरेका छन् । गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता लक्षित वर्गको लागि आएको रकम समयमा नदिएको र अनियमितता गरेको भन्दै ताला लगाएका छन् । गढीमाई गाउँपालिका प्रमुख प्रहलाद तिवारीले गाउँपालिकाका कार्यालय उद्घाटन भए देखि नै महिनामा कहिले काही मात्रै उपस्थित् हुने गरेका छन् । गाउँपालिका गाविस सचिव नागेन्द्र यादव र योजना अधिकृत रामवीर मुखियाले रकम चलखेलका कारण आफु खुशी योजना वितरण गरेको स्थानीय महिला कृपा देवी दासले आरोप लगाइन । सरकारले लक्षित वर्ग र सामाजिक सुरक्षा भत्ताको रकम समयमा नदिएका कारणले उनीहरु निराश भएको गुनासो छ । सचिवले रकम आआफ्नो काममा लगाउने र पछी समय बिताएर रकम बाँड्ने गरेका छन् । गाउँपालिकाका कर्मचरीले भने रकम अनियमितता नभएको दावी गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments