Incident Reports

पेस्तोल सहित दुई जना पक्राउ

2017-07-24

Lumbini, Bardiya, Bansagadhi, Ward 7

बर्दियामा प्रहरीले दुई नाल कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बाँसगढी नगरपालिका वार्ड नम्वर ७ निवासी ४२ बर्षीय छब्बन खाँ र ५५ बर्षीय रतन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। घटनामा संलग्न २२ बर्षीय श्यामलाल चौधरी फरार रहेको जनाईएको छ। प्रहरीका अनुसार बाँसगढीको सदाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक बनमा लुकाई छिपाई राखेको अवस्थामा २ नाल कटुवा पेस्तोल, ५ राउण्ड गोली, एसएलआरमा लाग्ने २ राउण्ड गोली र स्पेशल रिभल्वर पेस्तोलमा लाग्ने गोली समेत पक्राउ गरिएको छ। उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी उपरीकक खड्काले बताए।
National/Online Media , Police website , Local Newspaper - Banke

0 Comments