Incident Reports

चोरेको आरोपमा महिलालाई मोसो

2017-07-24

Lumbini, Bardiya, Barbardiya, Ward 9

चोरेको आरोपमा बर्दिया बारबर्दिया नपा—९ खैरेनीकी एक महिलालाई स्थानीयको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाइएकाे छ । २५ वर्षीया गीता शाहीमाथि ८ हजार चोरेको भन्दै सोही ठाउँकी दुई महिलाको नेतृत्वमा कालोमोसो लगाइएको हो । ईलाका प्रहरी कार्यालय, बाँसगढीका प्रहरी निरीक्षक चक्र डम्बर पालले सकुनी चौधरीलाई कालोमोसो लगाएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । सकुनीको ८ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ । स्थानीयले सकुनीले कालोमोसो नलगाएको दाबी गरेका छन् । कालोमोसो लगाउने योजनाकार र नेतृत्व गर्ने दुई महिलालाई प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोश पोखेका छन् । सोमबार राति करिब सात बजे कालोमोसो लगाउँदा गाउँका ५०/६० जनाको उपस्थिति थियो, स्थानीयले नाम नलेखी दिन आग्रह गर्दै भने । घटनास्थल सदरमुकाम गुलरियादेखि करिब २५ किमि उत्तरमा पर्दछ । प्रहरीले कालोमोसो लगाउनेमाथि सार्वजनिक मुद्दा दर्ता गरी कारबाही गर्ने जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments