Incident Reports

व्यवसायी आन्दोलित, महानगर मौन

2017-07-19

Bagmati, Chitawan, Bharatpur

लायन्स चोकस्थित तरकारी तथा फलफूल थोक बजारमा व्यवसाय गर्दै आएका व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले बुधबार भरतपुर महानगरपालिका परिसरमा धर्ना दिएका छन् । महानगरपालिकाको स्वामित्व रहेको सो थोक बजारलाई टेन्डर मार्फत भाडामा दिने गरी टेन्डर अवाहान गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । सो क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायी र महानगरबीचको सम्झौता असार मसान्तदेखि सकिएपछी टेन्डर निकालेको थियो। साउन १ गतेदेखि कायम हुने गरी २०७७ असार मसान्तसम्म ठेकेदारमार्फत थोक तथा खुद्रा बजार संचालन गर्ने गरी असार ८ गते तीस दिने बोलपत्र आवहान गरेको छ। लायन्स चोकको थोक बजार संचालन गर्न मासिक १२ लाख र बालकुमारी खुद्र बजार संचालन गर्न मासिक १ लाख कम्तिमा कबोल गर्नुपर्ने र वार्षिक १० प्रतिशतले भाडा वृद्धि हुने गरी टेन्डर निकालिएको छ । फलफूल तथा तरकारी थोक बजार व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले व्यवसाय विस्थापन गर्ने गरी टेन्डर निकालिएको आरोप लगाए । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले आन्दोलित व्यवसायीसंग महानगरपालिकाले तत्काल वार्ता गर्नु पर्ने बताए ।यता,महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले ऐननियमसंगत टेन्डर निकालिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments