Incident Reports

डोल्पामा स्वास्थ्य चौकी तोडफोड, तीन घाइते

2017-07-26

Karnali, Dolpa, Mudkechula

RSS डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएकोे छ । केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा नं ६ नर्कूका स्थानीयले साबिकको नर्कू गाविसमा नै केन्द्र बनाइनुपर्ने भन्दै तोडफोड गरेका हुन् । इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकीको भवनमा बैठक बसेको बेला वडा नं ६ का स्थानीयले ढुङ्गामुढा गरेपछि स्थानीय तीनजना घाइते भएका र स्वास्थ्य चौकीको जस्तापाता, झ्याल, सीसा सबैमा क्षति पुगेको इलाका प्रशासन कार्यालय, इलले जानकारी दिएको छ । घाइते हुनेमा मुड्केचुला गाउँपालिका वडा नं ३ का कपिलदर बोहोरा, वडा नं ४ नर्कुका हर्क बुढा र विष्णु बुढा रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रशासन कार्यालयले जनाएको छ । नर्कुका स्थानीयले हातपात गर्न खोजेपछि गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित सातजना र कार्यकारी अधिकृत इलाका प्रशासन कार्यालयमा सुरक्षित रहेको त्यहाँका कर्मचारी मीनराज बुढाले जानकारी दिए । मुड्केचुला गाउँपालिकाको आव २०७४÷०७५ को बजेट पारित भएको भएपनि वडा नं ६ का स्थानीयले बजेट आफूहरुलाई मान्य नहुने भन्दै फेरि बजेट पारित गर्नुपर्ने, नभए गाउँपालिकाको केन्द्र आफूहरुले भनेको स्थानमा हुनैपर्ने माग राखेका छन् । जनताले माग राख्नु स्वाभाविक भएको र छिट्टै राजनीतिक सहमतिबाट समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए । गाउँपालिकाको केन्द्रका विषयमा नै विवाद चर्किएपछि सेवा प्रवाहमा कठिनाइ देखिएको छ । बहुमतले पारित गरेको केन्द्र केही वडाले नमानेपछि विवाद चुलिएको हो । सबैको पायक पर्ने सुरक्षित र भरपर्दो ठाउँमा सहमतिबाटै केन्द्र तोक्न आग्रह गरिएको नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 3
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Trend Analysis