Incident Reports

कञ्चनपुरको विद्युत् कार्यालयमा तालाबन्दी

2017-07-30

नेकपा (माओवादी केन्द्र)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कञ्चनपुरले आइतबार भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको छ । विद्युत् कटौतीको समस्या समाधान गर्न विद्युत् कार्यालयलाई पटकपटक ज्ञापन र स्मरणपत्र बुझाउँदा पनि अटेर गरेको भन्दै विद्युत् कार्यालयका प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको क्रान्तिकारी विद्यार्थी सङ्गठनले जनाएको छ । क्रान्तिकारी विद्यार्थी सङ्गठन कञ्चनपुरका अध्यक्ष वीरेन्द्रराज विष्टले विद्युत आपूर्ति समस्या समाधानका लागि दिइएका दबाबको बेवास्ता गरेकाले तालाबन्दी गरिएको बताए । ‘हामीले यसअघि पनि सातदिने अल्टिमेटम दिएका थियौँ,’ अध्यक्ष विष्टले भने – ‘मुलुक विद्युत् कटौतीबाट मुक्त भए पनि यहाँ समस्या समाधानका लागि पहल गरिएन ।’ उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Youth Abducted 00
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments