Incident Reports

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

2017-08-02

Karnali, Salyan, Darma

यहाँको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्। दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन्। विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ नभएकाले विद्यालयमा ताला लगाइएको विद्यार्थी दलबहादुर दाहालले जानकारी दिए । विद्यालयमा स्वच्छ खानेपानी तथा शौचालय निर्माण तथा खेल सामग्रीतर्फ पनि प्रशासनको ध्यान नगएको विद्यार्थीको गुनासो छ। आफूहरुको माग सुनुवाइ नभए ताला नखोलिने दाहालले जानकारी दिए। विद्यालय प्रशासनले विद्यार्थीका जायज माग पुरा गर्न तयार रहेको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments