Incident Reports

पेस्तोल सहित पक्राउ

2017-08-08

Gandaki, Tanahun, Byas, Ward 11

व्यास नगरपालिका–३ स्थित मादी पुलमा जाँच गर्नेक्रममा पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना.४४ प ४१६५ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–१० बैरेनी बस्ने २९ वर्षीय रवीन्द्र गिरीले बोकेको झोलामा मेड इन युएसए–७१७१ लेखेको पेस्तोल १ नाल बरामद गरी चालक लम्जुङको मध्यनेपाल नगरपालिका–१ बस्ने ३२ वर्षीय शिवराज गिरी समेत दुवै जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
National/Online Media , Police website , Local Newspaper - Siraha , Local Newspaper - Parsa

0 Comments