Incident Reports

जिरी प्राविधिक शिक्षालयमा विद्यार्थी र शिक्षकबीच झडप

2017-08-08

सिटिइभिटि अन्तर्गतको जिरी प्राविधिक शिक्षालयमा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । मंगलवार बिहान डिप्लोमा इन एग्रीकल्चर (एमिनल साइन्स) अन्तर्गत फिजिक्स विषयको परीक्षाको क्रममा उत्तर पुस्तिका च्यातिएपछि भड्किएको स्थिति दिउँसो मध्यान्हमा आइपुग्दा अश्रुग्यास आक्रमण गर्नुपर्नेसम्म अवस्थामा पुगेको छ । प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले विद्यार्थीले शिक्षालयमा ताला लगाउने खोजेको र त्यसलाई रोक्दा ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रण गर्न अस्रुग्यास प्रहार गर्नुपरेको बताए । मंगलबार विहान ७ बजे परीक्षा सुरु भएको १५ मिनेटमै परीक्षार्थी रामकृष्ण भण्डारीको कपी खोसी जवरजस्ती च्यातेर अमानवीय व्यवहारसमेत गरेको उक्त शिक्षालयका डिप्लोमाका विद्यार्थीहरुद्धारा जारी बक्तव्यमा भनिएको छ । सिटिइभिटिबाट आएका सुपरिवेक्षक गोविन्द गौतमले भण्डारीले प्रयोग नगरेको चिट देखाउँदै कापी खोसेर च्यातेको उनीहरुको दावी छ । शिक्षालयका प्राचार्य विष्णुहरी अधिकारीले परीक्षा सुरु भएको करिब डेढघण्टापछि ८:३० बजे परीक्षार्थी भण्डारीको साथबाट निरिक्षक सुरेश आचार्यले चिट खोसेका थिए । उक्त चिट सुपरिवेक्षक गौतमले पाएपछि कापीमा नथ्थी गर्नसाथ भण्डारी आफैले आफ्नो कापी च्यातेको दावी प्राचार्यको छ । कापी च्यातेपछि बाहिरिएका भण्डारीले परीक्षा सकेर निस्किएका अरु विद्यार्थीको साथ लिएर नारावाजी गर्दै शिक्षालय तालाबन्दी गर्न खोजेपछि स्थिति असामान्य भएको हो । करिब दुईसय विद्यार्थीको हुलले सुपरिवेक्षक र निरिक्षकलाई कार्वाही गर्नुपर्ने र परीक्षा दिन पाउनुपर्ने मागसमेत प्रशासनमा राखेका थिए । विद्यार्थीले राखेको माग पूरा गर्न नसकिने प्रशासनले बताएपछि ढुङ्गा हानेर शिक्षालयका झ्यालका सिसाहरु फुटेका छन् । ढुङ्गाबाट शिक्षालयका सम्पत्ति जोगाउन प्रहरीले कार्वाही थालेपछि स्थिति नियन्त्रणमा आएको प्राचार्य अधिकारीले बताए । उनले अवस्था असामान्य भएको जानकारी दिदैँ बाँकी परीक्षा स्थगित गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Total damaged Buildings 1
National/Online Media

0 Comments