Incident Reports

जिसस अनिश्चित कालिन तालाबन्दी

2017-07-06

जिल्ला समन्वय समिति जुम्लाको कार्यालयमा विद्यार्थी संगठनहरुले विहिबार देखि अनिश्चित कालिन तालाबन्दी गरेका छन् । स्थानीय विकास अधिकारीको कार्यकक्ष, प्रशासन र लेखा फाँटमा तालाबन्दी गरिएको छ । जुम्लाका विभिन्न विद्यार्थी संगठनहरुले विगत २ वर्षदेखि राख्दै आएको माग पुरा नभएपछि जिल्ला समन्वय समिति जुम्लाको कार्यालयमा विद्यार्थीले अनिश्चित कालिन तालाबन्दी गरेका हुन् । विद्यार्थीले जुम्ला बहुमुखी क्याम्पसमा सोलार सिस्टम जडानका लागि आवश्यक रकम सहयोग गर्न र कर्णाली आन्दोलनको क्रममा क्याम्पसमा भएको तोडफोड मर्मत संभारका लागि आवश्यक बजेट बिनियोजन गर्न माग गरका थिए । सो विषयमा क्याम्पस प्रमुखले पटक पटक मौखिक तथा लिखित रुपमा स्थानीय विकास अधिकारीलाई समस्या बताउदा पनि आलटाल गरि माग सुनवाइ नगर्ने पक्षमा समन्वय समिति रहेको विद्यार्थीले आरोप लगाएका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments