Incident Reports

पिस्तोलसहित नवलपरासीबाट ३ जना पक्राउ

2017-08-23

Lumbini, Nawalparasi West, Palhi Nandan

पाल्हीनन्दन गाउँपालिका–४ बस्ने १६ बर्षीय कनैहया केवट, १५ बर्षीय श्रवण हरिजन र बेलासपुर बस्ने १६ बर्षीय आनन्द कुमार जैसवाललाई प्रहरीले कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ । उनीहरुसँग हातहतियार रहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले बुधबार तलासी गर्दा कनैहया केवटको झोला भित्र छर्रा लाग्ने कटुवा पेस्तोल बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments