Incident Reports

हत्या विरुद्ध महिलाहरु सडकमा

2017-08-28

Province 1, Taplejung, Aathrai Tribeni

असार २९ गते राति हत्या गरिएकी आठराइ त्रिबेणी गाउँपालिका-१ निगुरादिनकी सृजना कुरुङवाङ थलङको हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन । सडकमा पत्रकार सम्मेलन गरेर आन्दोलनको सुरुवात गरेको अन्तरपार्टी महिला सञ्जालले प्रहरी कार्यालयमा धर्ना दिने, र्‍याली गर्ने लगायतको कार्यक्रम सार्वजनिक गरेको छ। जिल्लामा सक्रिय राजनीतिकदलका प्रतिनिधि सम्मिलित सञ्जालका अध्यक्ष चित्रा मेन्याङवोले एउटी महिलाको विभत्स हत्या भएको डेढ महिनासम्मपनि अपराधी पक्राउ नपर्नुले प्रहरीको अनुसन्धानमाथि शंका भएको दाबी गरिन् । उनले यस्तै अवस्था रहे हरेक महिलाले त्रसित भएर बाँच्नु पर्ने अवस्था रहेको बताइन् अपराधी पक्राउ नपरेसम्म लगातार आन्दोलन गर्ने चेतावनी दिएको सञ्जालले राज्यले निरिहता देखाएको बताइन् । प्रहरीले भने अनुसन्धान प्रक्रिया चलिरहेको बताएको छ । निमित्त प्रहरी प्रमुख होमप्रसाद दाहालले जिल्ला र क्षेत्रीय अनुसन्धान ब्युरोको टोलिले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार संकास्पद केही ब्यत्तिलाइ पक्राउपनि गरिएको छ भने केहीलाइ आवश्यक अनुसन्धानपछि तारेखमा छोडिएको छ । २१ वर्षीया सृजना असार ३० गते बहान आफ्नै घर छेउमा मृत अवस्थामा भेटिएकी थिइन् । श्रीमान वैदेशिक रोजगारमा रहेकाले उनी घरमा ६ वर्षीय छोराका साथमा थिइन् । मृतकका माइतीपक्षले परिवारबाट हत्या भएको दाबी सहितको जाहेरी दिएको छ । तर प्रहरीले घटनाको पुष्टि नभएको भन्दै जाहेरी दर्ता गरेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments