Incident Reports

रोल्पाका जिशिअमाथि हातपात गर्दै कालोमोसो

2017-08-28

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । सोमबार बिहान करिव साढे सात बजे जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएको नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री 'जागृती' ले जानकारी दिए । जिशिअमाथी विद्यालयको ब्लक निर्माणमा, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको आरोप लगाएका छ्न् । जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला गएर युवाले हातपात गरेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ । बैठक हलमा पुगेका ४र५ जना युवाले सुरुमा जिशिअ पौडेललाई नमस्कार गर्दै कहिले आउनु भयो भन्ने जिज्ञासा राखेको प्रत्यक्षदर्शी एक स्रोत व्याक्तिले जनाए । उनका अनुसार सामान्य सोधपुछ लगत्तै 'हाम्रो जिल्लामा आएर भ्रष्टाचार गर्नेू भन्दै केही युवाले हातपात गरेका थिए । 'कालो मोसो र जुत्ताको माला लगाउन थालेपछि जिशिअले प्रतिवाद गर्दा लछारपछार गर्दै हातपात गरे ।' प्रत्येक्षदर्शी स्रोतले अन्नपूर्णसँग भने । घटना लगत्तै नेकपा कर्याकर्ता हतारमा बाहिरिएका थिए । बैठक हल बाहिर करिव दर्जन युवा गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले घटनामा संलग्न केहीको पहिचान भैसकेको जनाए । 'उनीहरुको खोजी भैरहेको छ । ' प्रनाउ थापाले भने । टाउकोमा चोट लागेकाले जिशिअ पौडेललाई जिल्ला अस्पताल रेउघा उपचारको लागि लगिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments