Incident Reports

निजीकरणविरुद्ध नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा जिल्ला प्रशासन र नगरपालिकामा धर्ना

2017-08-30

Bagmati, Bhaktapur, Bhaktapur

नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गरेको भन्दै कलेजमा अध्यनरत विद्यार्थी र विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका छन् । बुधबार कलेजका विद्यार्थी, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले कलेज निजीकरणको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर र चाँगुनारायण नगरपालिकामा विरोध प्रदर्शन गर्दै धर्ना दिएका हुन् । मुनाफारहित सामुदायिक संस्थाको रुपमा स्थापना भई सञ्चालनमा आएको कलेजको आम्दानी संस्थाले शैक्षिक सुधारको प्रयोजनमा खर्च गर्नुपर्नेमा सञ्चालकहरुले लाभांशको रुपमा लिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । ‘करिब २ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने यस्तो कार्यप्रति खेद व्यक्त गर्दछौं,’ नेविसंघ कलेज इकाई अध्यक्ष क्रान्तिराज पौडेलले भने, ‘शैक्षिक माफियाकरण र दलालीहरु निर्मुल पार्न जस्तोसुकै कदम चाल्न पनि तयार छाैं ।’ विद्यार्थीहरुले कलेजलाई सामुदायिक संस्थाकै रुपमा सञ्चालन गर्नुपर्ने, पोखरा विश्वविद्यालयको सम्बन्धन कायम हुनुपर्ने माग गरेका छन् । ‘हामी सबै मिलेर शैक्षिक माफियाको भन्डाफोर गर्छांै,’ अनेरास्ववियू सचिवालय सदस्य अद्रता रेग्मीले भनिन्, ‘संस्था बचाउन हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौं ।’ ‘सामाजिक संस्थाका रूपमा दर्ता भएको नेपाल इञ्जिनियरिङ कलेजलाई कुनै पनि हालतमा व्यक्तिको नाममा ल्याउन मिल्दैन,’ उनले भनिन् । विरोधमा उत्रिएका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय र चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएका छन् । विद्यार्थीहरुले आफ्नो कलेज बचाइदिन र सामूदायिक संस्थाको रुपमा सञ्चालन भएको कलेजलाई निजीकरण हुन नदिन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रलाई माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै मिश्रले कलेजमा देखिएको समस्या समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताए । विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्नका लागि नगरपालिकाले जिम्मेवारी बहन गर्ने उनले बताए । विद्यार्थीको विरोधका कारण कलेजको पठनपाठन ठप्प भएको छ भने कलेजको आन्तरिक परिक्षा समेत रद्ध भएको छ । यता कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले प्रेस विज्ञप्ती जारी गर्दै कलेज सम्बन्धमा बोर्डबाट निर्णय गरिएको र कुनैपनि किसिमका सार्वजनिक सम्पत्ति निजिकरण गर्ने मनसाय नभएको जनाएका छन् । कलेजका नामबाट खरिद गरिएका सम्पूर्ण चलअचल सम्पत्ति कुनैपनि सेयर होल्डरको नाममा नभएको र लगाइएका आरोपहरु खेदपूर्ण रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments