Incident Reports

सरावल गाउँपालिकाको कार्यालयमा तालाबन्दी

2017-09-03

सरावल गाउँपालिकाको कार्यालय सार्न लागेको भन्दै स्थानियबासीले तालाबन्दी गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सञ्चालन गरिएको गाउँपालिकालाई अन्यत्रै सार्न लागिएको भन्दै वडावासीले सोमबार बिहान ११ बजे तालाबन्दी गरेका हुन् । कार्यालय रहेको वडावासीले ताला लगाएको गाउँपालिका प्रमुख राधेश्याम चौधरीले बताए । उनले कार्यालयको भवन बनाउन सबैलाई पायक पर्ने स्थानमा कम्तिमा १५ कठठा् जग्गा खोज्ने निर्णय भएपछि स्थानीयले कार्यालय सर्ने हाल्ला चलाएर तालाबन्दी गरेको जानकारी दिए । उनले पुरानो वडा कार्यालय रहेको स्थानमा गाउँपालिकाको कार्यालय सञ्चालन गर्दा साँघुरो भएकोले जग्गा खोज्ने निर्णय सुनेर हल्लैहल्लाको भरमा तालाबन्दी गरेको बताए । 'तत्काल सर्ने होइन,' उनले भने, 'यहाँका बासिन्दाले नबुझेर तालाबन्दी गरे ।' सार्वजनिक जग्गा पाइने र फराकिलो ठाउँमा कार्यालय व्यवस्थित गर्न खोजेको उनको भनाइ छ । जग्गा खोज्न , प्राप्ति गर्न र भवन बनाउन समय लाग्ने भएकाले तत्काल तालाबन्दी खोल्न स्थानीयलाई आग्रह गरिएको गाउँपालिकाकी उपप्रमुख उत्तमा रायले बताइन् । उनले भविष्यमा गाउँपालिकाको कार्यालय कतै सारिएपनि हालको वडा कार्यालय भने जहाँको त्यही रहने हुँदा तालाबन्दी गर्न पर्ने स्थिती नरहेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis