Incident Reports

वडा कार्यालय राख्ने विषयमा झडप हुँदा ७ जना घाइते

2017-09-07

Lumbini, Rukum East, Tribeni, Ward 10

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका १० को वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा विवादका कारण झडप हुँदा वडा सदस्यसहित ७ जना घाइते भएका छन् । घाइते हुनेमा वडा सदस्य टेकबहादुर खड्का, स्थानीय शेरवहादुर खड्का, यज्ञवहादु घर्ती, घमण्ड बुढा, तुलवहादुर खड्का, यामवहादुर ओली र सार्कु ओली रहेका छन् । घाइते मध्ये वडा सदस्य टेकवहादुर खड्का, स्थानीय शेरवहादुर खड्का र यामवहादुर ओलीलाई बढी चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । अन्य घाइतेहरु स्थानीय स्वास्थ्य सँस्थामा उपचारपछि घर फर्किएका छन् । वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा लामो समयदेखि विवाद थियो । अधिकांस वडा सदस्य साविकको गाविस कार्यालय गैरीखेतमा वडा कार्यालय राख्नुपर्ने अडानमा रहेको वडा सदस्य पदमप्रकाश खत्रीले बताए । हाल वडा कार्यालय बरनेटी भन्ने ठाउँमा राखिएको छ । तर, वडा कार्यालय साविकको गाविस कार्यालय गैरिखेतमा हुनुपर्ने अडानमा रहेका वडा सदस्य र स्थानीयले बिहीबार अहिले वडा कार्यालय रहेको बरानेटीमा पुगी वडा कार्यालयका सामान निकालेर लैजान खोज्दा झडप भएको हो । केही व्यक्तिहरुले वडा कार्यालयमा तोडफोड गरी सामान लैजान खोज्दा झडपको अवस्था सृजना भएको वडा अध्यक्ष शेरवहादुर खत्रीले बताए । तर, अर्कोे पक्षले भने वडा कार्यालयमा तोडफोड नगरिएको दाबी गरेको छ । वडा कार्यालयमा पुगेर फर्किने क्रममा बर नेटीका स्थानीयले आफूहरु माथि घरेलु हतियार सहित आक्रमण गरेको उक्त पक्षको भनाइ छ । वडा अध्यक्ष खत्रीले वडा बैठकबाट निर्णय नै नगराई एकलौटी रुपमा बरनेटीमा वडा कार्यालय राखेको र त्यो निर्णय आफूहरुलाई मान्य नहुँने वडा सदस्य पदमप्रकाश खत्रीले बताए ।’बहुमत सदस्यसँग छलफल नै नगरी आफुखुशी वडा कार्यालय स्थापना गरिएको छ, उनले भने,ुअध्यक्षले एकलौटी रुपमा गरेको निर्णय हामीलाई मान्य छैन् ।’ वडाध्यक्ष शेरवहादुर खत्रीले भने बरनेटी सबैलाई पाइक पर्ने भएकाले उक्त ठाउँमा वडा कार्यालय राखिएको बताए । त्यो पनि यो स्थायी रुपमा गरिएको निर्णय नभएको उनको भनाइ छ । ‘अहिले अस्थायी रुपमा बरनेटीमा वडा कार्यालय राखिएको छ, उनले भने,’सबै पक्षसँग छलफल गरेर बहुमतले भनेको ठाउँमा वडा कार्यालय राखिने छ, यसमा म सहयोगीको भूमिका निर्वाह गर्न तयार छु ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments

Related Trend Analysis