Incident Reports

डेटोनेटर र सुतली बमसहित गुल्मीमा युवक पक्राउ

2017-09-10

Lumbini, Gulmi, Resunga

जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरेको हो । श्रीस नेपाली कांग्रेसका तर्फबाट तम्घास नगरपालिका वडा नं-८ बाट निर्वाचित वडा सदस्य समेत हुन् । श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफि्टफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । प्रहरीले रेसुंगा नगरपालिका-२ को प्रहरी चेकपोष्टमा चेकजाँज गरेको थियो । यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

0 Comments