Incident Reports

दमक बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा तोडफोड

2017-09-12

Province 1, Jhapa, Damak

झापाको दमकमा रहेको दमक बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यलयमा विद्यार्थीले तोडफोड गरेका छन्। माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र मोहन वैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियुको कार्यालय तोडफोड गरेका हुन्। क्याम्पसले उपलब्ध गराउने छात्रवृत्ति वितरणमा स्ववियुले अनियमितता गरेको भन्दै ध्यानाकर्षण गराए पनि बेवास्था गरेको उनीहरुको आरोप छ। साथै उनीहरुले क्याम्पसका कर्मचारी महिनौँदेखि तलब नपाएर आन्दोलनमा उत्रिएकाले क्याम्पसको पठन–पाठननै ठप्प हुँदासमेत स्ववियु मौन रहेको आरोप पनि लगाएका छन्। विद्यार्थीको हकहितमा नबोलेकाले नै स्ववियुको कार्यालय तोडफोड गर्नुपरेको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी दमक बहुमुखी क्याम्पस कमिटीका इञ्चार्ज लोचन पोखरेलले बताए। ‘सेवासुविधा नपाएपछि कर्मचारीले आन्दोलन गर्नु स्वभाविक हो, तर क्याम्पसमा पठन–पाठन नहुँदा पनि किन स्ववियु बोल्दैन?’ उनले प्रश्न गरे। क्याम्पसमा पठनपाठनसंगै प्रशासनिक कामसमेत ठप्प हुँदा विद्यार्थी मारमा परेको उनको भनाइ छ। ‘प्राध्यापक तथा कर्मचारीले आन्दोलन गर्दा विद्यार्थीको अत्यावश्यक काम हुने सकेको छैन,’ उनले भने, ‘पढाइ त भएको छैन नै, कक्षा १२ उत्तीर्ण विद्यार्थीले चारित्रिक प्रमाणपत्र लिनसमेत पाएका छैनन्।’ उनीहरुको आन्दोलनमा कुनै पनि संगठनमा आवद्ध नभएका अन्य स्वतन्त्र विद्यार्थीलेसमेत विज्ञप्ति नै निकालेर समर्थन जनाएका छन्। कर्मचारी पनि आन्दोलनमा महिनौँदेखि तलब नपाएको भन्दै क्याम्पसमा कार्यरत कर्मचारीहरु तीन दिनदेखि काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। दसैँमा समेत तलब नपाउने अवस्था रहेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ। यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी दहाल भने क्याम्पसमा विद्यार्थीको संख्या घटेकाले समयमा तलब वितरण गर्न समस्या भएको बताउँछन्। ‘क्याम्पसमा विद्यार्थी कम भएर समयमा तलब खुवाउन सकिएको छैन,’ उनले भने, ‘हामी निरन्तर वार्ता गरिरहेका छौँ।’ वार्ताबाटै मंगलबार दिनभरीमा कर्मचारीलाई काममा फर्काउने उनको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments