Incident Reports

रामेछापका एलडीओलाई विप्लव समूहको कालोमोसो

2017-09-18

रामेछाप जिल्लाका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मोबिल खन्याएर दुर्व्यवहार गरेका छन् । सोमबार विप्लव समूहका कार्यकर्ताहरुले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै गएर कालो मोबिल खन्याएका हुन् । स्थानीय विकास अधिकारी पन्तले अपरिचित व्यक्तिले कार्यकक्षमै आएर मोसो खन्याएको भन्दै सो व्यक्तिलाई तत्काल कार्वाहीको माग गरे । उनले आफू काम गरिरहेको बेलामा एउटा रजिष्ट्रेशन लिएर एक अपरिचित व्यक्ति आएको र उसको रजिष्ट्रेशन हेर्दै गर्दा सो व्यक्तिले आफूमाथि कालो मोसो खन्याएर भागेको बताए । उनले कुनैपनि व्यक्ति, समूहले आफूसँग कुनै माग र केहि कुरा समेत नगरेको भन्दै सो व्यक्ति परिचित हुनका लागि उसले यस्तो गरेको बताए । यसैबीच जिल्ला समन्वय समितिले घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा कार्यालयमा काम गरिहेको अवस्थामा स्थानीय विकास अधिकारी पन्तको शरिरभरी कालो मोविल खन्याइनुलाई निन्दनीय, अपराधिक र कायरतापूर्ण घटना भनिएको छ । घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारवाही अघि बढाउन समितिले सम्वद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ । यता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्मेवारी लिएको छ । स्थानीय विकास अधिकारी पन्तले राजैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको भन्दै त्यसको कार्वाही स्वरुप मोविल खन्याइएको नेपाल कम्यनिष्ट पार्टी जिल्ला समिति रामेछापका नेता विवेक लामाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Others types of mob justice
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments