Incident Reports

चन्द माओवादीद्वारा जग्गा कब्जा

2017-09-19

Gandaki, Lamjung, Madhya Nepal, Ward 4

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा गठित जनपरिषद्ले जिल्लामा व्यक्तिको जग्गा कब्जा गरेको जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै मध्यनेपाल नगरपालिका–४ बगैंचास्थित दिवंगत लेखनाथ अधिकारीको जग्गा कब्जा गरेको घोषणा गरेको हो । विज्ञप्तिमा अधिकारीले राष्ट्रिय पञ्चायत सदस्य, जिल्ला पञ्चायत सभापति हुँदा पद र शक्तिको दुरुपयोग गरी त्यस क्षेत्रको करिब ४२ रोपनी सार्वजनिक जमिन आफू र एकाघरका सदस्यका नाममा अवैधानिक तवरबाट दर्ता गरेको आरोप लगाइएको छ । २०५८ मा तत्कालीन नेकपा (माओवादी) को जनसत्ताले उक्त जग्गा कब्जा गरेको र हाल सामाजिक सेवाका नाममा केही जग्गा भैरवकाली उमावि र दुईपीप्ले अस्पताललाई हस्तान्तरण गरी केही जमिन अनधिकृत तवरबाटै भोग गर्दै आएको भन्दै जनपरिषद्ले पुन: कब्जा गरेको जनाएको छ । उक्त जग्गा खरिद–बिक्री नगर्न पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । पार्टीका जिल्ला इन्चार्ज सन्तोष कोइरालाले जग्गा कब्जाको दाबी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Extortion
Primary Cause Access/control of public land
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments