Incident Reports

अखिल क्रान्तिकारीका कार्यकर्ताले शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

2017-09-20

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको र शिक्षक सरूवामा अनियमितता गरेको आरोपमा पीडितलाई असोज ४ गते दिउँसो मोसो दलिएको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यालयमा बसिरहेका खत्रीलाई विद्यालयको कम्पाउण्ड बाहिर बोलाएर क्रान्तिकारीका कार्यकर्ताहरूले मोसो दलेका थिए । प्रअबाट गतसाता राजिनामा गरेका खत्रीले विद्यालय निर्माणको क्रममा व्यापक भ्रष्टाचार गरेको उजुरी परेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव गोकुल पराजुलीले बताए । साथै उनले शिक्षक सरूवामा पनि आर्थिक चलखेल गरेको उजुरी पार्टीका विद्यार्थी सङ्गठनलाई परेको भन्दै पराजुलीले यसै कारण विद्यार्थीहरूले मोसो दलेको बताए । उनले अनियमितता गरेको सबै रकम केही दिन भित्रैमा सम्बन्धित निकायलाई फिर्ता गर्ने शर्त पनि गराइएको पराजुलीले बताए । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजयराज पण्डितले यस घटनाका बारेमा आफूहरूलाई केही जानकारी नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
INSEC

0 Comments