Incident Reports

विस्थापित शिक्षकको घरमा अज्ञात व्यक्तिद्वारा तोडफोड र आगजनी

2017-09-23

Sudurpashchim, Baitadi, Shivanath

शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ । गैरदलित परिवारकी छात्रा दलित केटासँग विवाह गरेपछि विद्यालय व्यवस्थापन समितिले निष्काशन गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा असोज ७ गते बेलुका आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो । गैरदलित छात्रालाई दलित केटासँग विवाह गर्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ । राजु राना स्थानीय कृष्ण निमाविमा शिशु कक्षा पढाउने शिक्षिका हुन् भने उनका पति करन राना हिरापुर मावि कनालिमा निमाविमा राहात कोटाबाट अध्यापन गराउँदै आएका थिए । १३ वर्षीया छोरी र नौ वर्षीय छोरालाई लिएर सदरमुकाममा विस्थापन जीवन बिताइरहेका पीडितको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् । “उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासँग भगाउनमा तेरो र तेरो पत्नीको हात छ भन्दै मलाई गाँउबाट विस्थापित गरियो ।”-रानाले भने । न्यायको लागि महिनौँदेखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् । “नयाँ घरमा आगजनी गर्‍यो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो ।”-रानाले दोहोर्‍याए । न्यायको लागि पहल गरिदिन भन्दै उनले इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएका थिए । इन्सेक प्रतिनिधिले जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग भेट गरी घटनाको बारेमा बुझ्दा जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई स्थापित गर्ने प्रतिवद्धता जनाएको थियो । विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरूको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर सुरेन्द्र वमले बताए । आफ्नै गाँउबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा र दलित समुदाय भगाउनमा आफ्नो कुनै हात नरहेकेा बताउँदै आएका छन् । एक महिना संम्म सम्पर्कविहीन बनेका गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा ०७३ चैतको अन्तिम साता सम्पर्कमा आएका थिए । छात्राले दलित केटासँग आफूखुशी गएको प्रहरी समक्ष बयान दिएपनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई आ-आफ्नो परिवारको जिम्मा लगाइएको थियो । सोही घटनापछि शिक्षक दम्पति र उनका छोराछोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफूहरूलाई गाँउमा आए मार्ने धम्की दिने गरेको पीडित शिक्षक रानाले गुनासो गरे । शिक्षा नियमावली अनुसार कुनै अपराध विना शिक्षकलाई निष्कासित गर्न नपाइने भएपनि व्यवस्थापन समितिले भने नियमावलीको अवज्ञा गर्दै शिक्षकलाई निष्कासित गरेको थियो । गाँउलेहरूले निष्कासन गर्न दबाव दिएपछि करन रानालाई विस्थापित गर्नु परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय व्यवस्थापन समितले कुनै कसुर बिना शिक्षकलाई कामबाट निकाल्न नसक्ने र विस्थापित करन राना को घरमा आगजनी गर्ने व्यक्तिको तत्काल खोजि गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । “त्यसरी कसैलाई कामबाट निकाल्न पनि पाइँदैन । घर तथा सम्पतीमा आगो लगाउने कुरा त सरासर कानुन विपरीत भएकाले तत्काल दोषीमाथि कारबाही गरिन्छ ।”-जोशीले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC , National/Online Media

0 Comments