Incident Reports

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा एक बालिकाको मृत्यु

2017-09-30

Madhes, Rautahat, Brindaban

Bipin Gautam नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच असोज १४ गते राति बृन्दावन नगरपालिका-५ मा झडप हुँदा तीन वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको जनाइएको छ । बृन्दावन नगरपालिका-५ का नेपाली काङ्ग्रेस का कार्यकर्ता हुलास राययादव र एमालेका कार्यकर्ता कृष्ण चौधरीबिच खानेपानीको विषयमा विवाद भई झगडा हुँदा हुलास राययादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको जनाइएको हो । बालिकाको मृत्युको विषयमा पीडित पक्षले एमाले कार्यकर्ता कृष्ण चौधरीलगायतले बालिकालाई हत्या गरेको आरोप लगाएको छ । चौधरी पक्षले भने आफूलाई फसाउन यादवले रिसको झोकमा छोरीलाइ भुँइमा पछारेको र घाइते भएकी अञ्जलीको मृत्यु भएको दावी गरेको छ । प्रहरीले नेपाली यादव र चौधरी दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर केशव रेग्मीले जानकारी दिएका छन् । चौधरीको घर नजिकै रहेको सार्वजनिक धारामा यादव पानी लिन गएपछि भएको विवादले पछि राजनीतिक रूप लिएको प्रहरीले जनाएको छ । विपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Makwanpur

0 Comments