Incident Reports

देवनारायण यादवको रिहाइको माग गर्दै विद्यार्थीले घेरे भारतीय दूतावास

2017-10-02

Bagmati, Kathmandu, Kathmandu, Ward 26

सप्तरीको तिलाठी कोइलाडीका देव नारायण यादवलाई भारतीय प्रहरीले पक्रेको विरोधमा विद्यार्थी संगठनहरुले आज काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत विद्यार्थी भेला भएर लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरुले ‘देवनारायण यादवलाई ससम्मान रिहा गर’, ‘सीमा हस्तक्षेप बन्द गर’, ‘भारतको दादागिरी बन्द गर’ लगायतका नारा लगाएका छन् । भारतीय सुरक्षाकर्मीले देवनारायण यादवलाई पक्रेर सुपौल जिल्लाको बिरपुरमा राखेको छ । छोरालाई गत शनिबार भारतीय प्रहरीले पक्रेको खबर पाएपछि छोरालाई छुटाउन भनेर भारत गएका देवनारायणलाई पनि सुरक्षाकर्मीले पक्रेका हुन् । देवनारायण र उनको छोरा अजयलाई हतकडी लगाएर राखिएको तस्वीर सार्वजनिक भएको छ । देवनारायण तिनै व्यक्ति हुन् जो गत वर्ष खाँडो नदीमा एकतर्फी बाँध बाँध्न आएका भारतीयहरुको प्रतिकार गरेका थिए । सो क्रममा भारतीयको आक्रमणमा पर्दा देवनारायण घाइते भएका थिए । उनलाई विद्यार्थीहरुले नेपालको सीमा रक्षक र राष्ट्र नायकको संज्ञा दिए । विरोध प्रदर्शनमा अनेरास्ववियकी अध्यक्ष नविना लामा, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन लगायत दर्जनौं विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागीता थियो । उनीहरुले कोणसभालाई सम्वोधन गर्दै उनीहरुले नेपाल र नेपालीप्रतिको हेपाहा प्रवृत्ती त्याग्न भारतीय पक्षलाई आग्रह गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments