Incident Reports

बाढी प्रभावितद्वारा गुलरिया नगरपालिकाको वडा कार्यालयमा तालाबन्दी

2017-10-03

Lumbini, Bardiya, Gulariya

राहत वितरणमा नाम छुटाएको भन्दै बाढी पीडितले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर एक र दुईको कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुको नाम छुटाई नक्कली बाढी पीडितलाई राहत वितरण गरेको भन्दै उनीहरुले आज तालाबन्दी गरेका हुन् । माग सम्बोधन नभएसम्म कार्यालयमा लगाएको ताला नखालिने उनीहरुले बताएका छन् । नगरपालिका र गाउँपालिकामार्फत जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको नगद राहतमा पक्षपात भएको भन्दै स्थानीय आक्रोसित भएका छन् । नगरप्रमुख मुक्तीनाथ यादवले भने नक्कली बाढी पीडितलाई राहत उपलब्ध नगराएको बताउनुभयो । दुई ठाउँबाट राहत लिन खोज्ने लगायत विरुद्ध करीब डेढ सय जनाको उजुरी परेकाले छानबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । हालसम्म बाढी पीडितका नाममा करीब २३ करोड रकम नगरपालिका र गाउँपालिकालाई निकासा गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Bardiya

0 Comments