Incident Reports

प्रधानाध्यापकको लापरवाहीका कारण विद्यालयमा तालाबन्दी

2017-10-15

Madhes, Rautahat, Paroha, Ward 1

रौतहटको परोहा नगरपालिका वार्ड नम्बर ९ मा रहेको प्राथमिक विद्यालयमा प्रधानाध्यापक मोहम्मद दविर आलमको लापरवाहीका कारण दिन प्रतिदिन विद्यार्थीहरु अनुपस्थित हुँदै गएका छन्।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण राउतका अनुसार विद्यालयमा शिक्षकहरु बसिबसि तलब पकाइरहेका छन्।सो विद्यालयमा केहि समस्या आउनासाथ उनीहरु भाग्ने अथवा उपस्थित नहुने गरेको गुनासो स्थानीयले दिए।त्यस्तै दरबन्दी सम्बन्धि विद्यालय व्यवस्थापन समितिलाई नै जानकारी नदिई मनमौजी तरिकाले शिक्षकलाई सरुवा गर्ने गराउने गर्दै आइरहेको राउतले बताए। आक्रोशित भएका व्यवस्थापन समितिका अध्यक्ष लगायत अन्य सदस्यहरु तथा अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments