Incident Reports

Forced Admission of Adhikari Couple at Mental Hospital Condemned | मानसिक अस्पताल पुर्‍याइएका द्वन्द्वपीडितको अवस्थाप्रति आयोगको गम्भीर चासो |

2013-06-21

Lalitpur/ June 21 Nepal Mental Institute has expressed its discontent regarding the forceful admission of old couple Nanda Prasad and Ganga Maya Adhikari of Phujel VDC-7, Gorkha at a mental hospital. The president of Institute, Jagannath Lamichhane released a press statement on June 20 condemning their admission at mental hospital. The statement further said that the attention was drawn by the institute regarding the injustice faced by the couple who had been in a protest since a long time demanding the action against the culprits of their son’s murder during the armed conflict. The couple was agitated after the Baburam Bhattarai led government took the charges back. They were forcefully admitted to the mental hospital while they were in a peaceful hunger strike in front of the main gate of Bir hospital on June 13. Ramesh Prasad Timilsina ललितपुर । ०७० असार ५ गते विर अस्पतालको गेटमा अनसनमा वसेका गोरखा फुजेल-७ का द्वन्द्वपीडित दम्पती नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाइ मानसिक अस्पताल पुर्‍याइएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न निकायका प्रमुखहरुलाई आयोगमा नै बोलाएर चासो व्यक्त गरेको छ । असार ४ गते आयोगले ललितपुरका प्रमुख जिल्ला अधिकारी शशीसेखर श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी बसन्त गौतम, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) सुबोध घिमिरे र मानसिक अस्पताल लगनखेलका प्रमुख सुरेन्द्र सेरचनलाई बोलाई घटनाबारे छलफल गरी उनीहरुलाई मानवीय व्यवहार गर्न निर्देशन दिएको छ । लामो समयदखि न्यायको लागि शान्तिपूर्ण आन्दोलन गर्दै आएका अधिकारी दम्पतीलाई कहिले गोर्खा, कहिले काठमाडौँ कहिले हिरासत र कहिले मानसिक अस्पताल पुर्‍याउने कार्य भएको आयोगको अनुसन्धान र विभिन्न सूचनाका आधारमा जानकारी भएकाले सम्बन्धित पक्षलाई बोलाई निर्देशन दिइएको आयोगका प्रवक्ता गौरी प्रधानले बताए । प्रवक्ता प्रधानले भने-'उनीहरुलाई अहिले मानसिक अस्पताल पुर्‍याउनुपर्ने वातावरण किन पर्‍यो -' न्यायको लागि शान्तिपूर्ण रुपमा आवाज उठाइरहेका मान्छेलाई जर्वजस्ती मानसिक अस्पताल पुर्‍याउनुपर्ने अवस्था आउनु गम्भीर भएको बताउदै उनले पीडितको स्वास्थ्य अवस्था गम्भीर भए सरकारले मानवीय तवरले स्वास्थ्य उपचार गराउनुपर्ने बताए । छलफलमा आयोगले पीडितको अवस्था र उनीहरुलाई मानसिक अस्पताल ल्याउनुको कारण सोधेको आयोगकी अनुसन्धान महाशाखाकी उपनिर्देशक दुर्गा खड्काले जानकारी दिइन् । आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उनीहरुलाई न्याय दिई उनीहरुको थातथलोमा सहजरुपमा जीवनयापन गर्ने वातवरण बनाउन प्रशासन प्रमुखहरुमार्फ सरकारलाई निर्देशन दिएको आयोगले जनाएको छ।

0 Comments