Incident Reports

No translation available.

2013-06-21

Ramesh Prasad Timilsina ललितपुर । ०७० असार ५ गते विर अस्पतालको गेटमा अनसनमा वसेका गोरखा फुजेल-७ का द्वन्द्वपीडित दम्पती नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाइ मानसिक अस्पताल पुर्‍याइएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न निकायका प्रमुखहरुलाई आयोगमा नै बोलाएर चासो व्यक्त गरेको छ । असार ४ गते आयोगले ललितपुरका प्रमुख जिल्ला अधिकारी शशीसेखर श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी बसन्त गौतम, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) सुबोध घिमिरे र मानसिक अस्पताल लगनखेलका प्रमुख सुरेन्द्र सेरचनलाई बोलाई घटनाबारे छलफल गरी उनीहरुलाई मानवीय व्यवहार गर्न निर्देशन दिएको छ । लामो समयदखि न्यायको लागि शान्तिपूर्ण आन्दोलन गर्दै आएका अधिकारी दम्पतीलाई कहिले गोर्खा, कहिले काठमाडौँ कहिले हिरासत र कहिले मानसिक अस्पताल पुर्‍याउने कार्य भएको आयोगको अनुसन्धान र विभिन्न सूचनाका आधारमा जानकारी भएकाले सम्बन्धित पक्षलाई बोलाई निर्देशन दिइएको आयोगका प्रवक्ता गौरी प्रधानले बताए । प्रवक्ता प्रधानले भने-'उनीहरुलाई अहिले मानसिक अस्पताल पुर्‍याउनुपर्ने वातावरण किन पर्‍यो -' न्यायको लागि शान्तिपूर्ण रुपमा आवाज उठाइरहेका मान्छेलाई जर्वजस्ती मानसिक अस्पताल पुर्‍याउनुपर्ने अवस्था आउनु गम्भीर भएको बताउदै उनले पीडितको स्वास्थ्य अवस्था गम्भीर भए सरकारले मानवीय तवरले स्वास्थ्य उपचार गराउनुपर्ने बताए । छलफलमा आयोगले पीडितको अवस्था र उनीहरुलाई मानसिक अस्पताल ल्याउनुको कारण सोधेको आयोगकी अनुसन्धान महाशाखाकी उपनिर्देशक दुर्गा खड्काले जानकारी दिइन् । आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उनीहरुलाई न्याय दिई उनीहरुको थातथलोमा सहजरुपमा जीवनयापन गर्ने वातवरण बनाउन प्रशासन प्रमुखहरुमार्फ सरकारलाई निर्देशन दिएको आयोगले जनाएको छ।

0 Comments

Related Reports