Incident Reports

काठमाडौंबाट चारजना हतियारसहित पक्राउ

2017-10-24

Bagmati, Kathmandu, Tokha, Ward 3

काठमाडौंको गोंगबुस्थित शिवमन्दिर शान्ति चोकबाट चार जना व्यक्तिहरु हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बाका १९ वर्षिय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभे्रको छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन् । उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेर शरिर खानतलासी गर्दा जीबन श्रेष्ठले बोकेको झोलाबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग भएको गोली एक थान बरामद भएको थियो । सो समूहले प्रयोग गर्दै आएको ना.३७ प ९३८० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउमा परेका ब्यक्तिहरुलाई हतियार तथा खरखजाना सहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

0 Comments