Incident Reports

भरुवा बन्दुक बरामद

2017-10-27

Province 1, Terhathum, Aathrai, Ward 4

आठराई गाउँपालिका–४ बस्ने ३१ वर्षीय एकनाथ पुलामी मगरको घरमा रहेको एकनाले भरुवा बन्दुक १ थान शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । निज एकनाथले भरुवा बन्दुक बोकेर सोही ठाउँ बस्ने ४० वर्षीय सूर्य तामाङको घरमा गई बारुद भर्ने क्रममा अचानक पड्कँदा एकनाथको पाखुरामा चोट लागेर घाइते भएपछि उपचारको लागि बिएनसी अस्पताल बिर्तामोडतर्फ लगेको भन्ने सूचना पाएपछि खटि गएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments