Incident Reports

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

2017-10-31

Bagmati, Kathmandu, Kathmandu

नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अन्तत: पक्राउ गरेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे (सिअाईबी)काे टाेलीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर, राताे फूल भेस्ट र हाफ ज्याकेट लगाएका छन् । उनलाई डिल्लीबजार करागार पठाइएकाे छ । उनले १२ वर्ष ५ महिना २२ दिन कैदमा बस्नुपर्नेछ । मंगलबार पक्राउ परेका माओवादी केन्द्र नेता बालकृष्ण ढुंगेललाई काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन इकाईबाट डिल्लीबजार कारागार लगिँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई सर्वाेच्च अदालतले नै पटक पटक ताकेता गरेकाे थियाे । अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो । सर्वोच्च अदालतले ढुंगेललाई जिल्ला अदालतले गरेकाे सर्वस्वसहित जन्मकैदको फैसलालाई २०६६ पुस १९ गते सदर गरेको थियो । माओवादी नेतासमेत रहेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेपछि गत बैशाखमा सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई पक्राउ गर्न निर्देशन दिएको थियो । अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो । मंगलबार पक्राउ परेका माओवादी केन्द्र नेता बालकृष्ण ढुंगेललाई काठमाडौं जिल्ला अदालत फैसला कार्यान्वयन इकाईबाट डिल्लीबजार कारागार लगिँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर सर्वोच्चको आदेशपछि १० वैशाखमा महानिरीक्षक अर्यालले पूर्वसांसद एवं माओवादी नेता ढुंगेललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । उनले ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए । तर ढुंगेल पक्राउ परेका थिएनन् । प्रहरीले पक्राउ गर्नका लागि पहल जारी रहेको बताउँदै आएको थियो । ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै कार्तिक ७ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल प्रहरीका महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानीको रिट दायर गरेका थिए। पक्राउ आदेश दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले पक्राउ नगरी अदालतको मानहानि गरेको भन्दै आईजिपी अर्याललाई हदैसम्मको कारवाही माग गर्दै रिट परेको थियो । त्यसअघि सुशीला कार्की प्रधानन्यायाधीश हुँदा सर्वोच्चले एक हप्ताभित्र ढुंगेललाई पक्राउ गर्न बाध्यात्मक आदेश जारी गरेको हो। घटनाको पृष्ठभूमि २०५५ असार १० गते माओवादी कार्यकर्ताले रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । उज्जनका भाइ गणेशकुमारले प्रहरीमा जाहेरी दिए । जाहेरी दिएको आरोपमा भाइ गणेशकुमारको समेत माओवादी कार्यकर्ताहरूले २०६९ असोज ८ गते हत्या गरेका थिए । त्यही उजुरी र प्रहरी प्रतिवेदनका आधारमा २०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला गर्‍यो । त्यसपछि केही समय बालकृष्ण जेल परेका थिए । २०६३ सालमा पुनरावेदन अदालतले जिल्लाको फैसला उल्ट्याई निर्दोष ठहर्‍यायो । त्यही फैसलाका आधारमा जेलबाट निस्केपछि उनी फरार थिए । पछि सर्वोच्चले २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी ढुंगेललाई दोषी ठहर्‍याउने जिल्ला अदालतको निर्णय सदर गर्‍यो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports