Incident Reports

ढुंगेल रिहाईको माग गर्दै गृहजिल्लामा प्रदर्शन

2017-11-01

Province 1, Okhaldhunga, Manebhanjyang

बालकृष्ण ढुंगेलको रिहाई माग गर्दै माओवादी केन्द्रले यहाँको मानेभन्ज्याङमा विरोध प्रदर्शन गरेको छ । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले प्रदर्शन गर्दै विरोधस्वरुप हर्कपुर–ओखलढुंगा सडक आधा घण्टाका लागि बन्द गरे । उनीहरुले बुधबार नै एक विज्ञप्ती जारी गर्दै ढुंगेलको रिहाईको माग गरेका छन् । कालो ब्यानरसहित नारा जुलुसमा उत्रिएका प्रदर्शनकारीले मानेभञ्याङस्थित सडकमै कोणसभा गरे । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बाबुराम गौतम र एमालेका पुराना नेता लोककृष्ण भट्टराईलगायतले कोणसभालाई सम्बोधन गरे । बाबुराम गौतमले दस वर्षे जनयुद्धका मुद्दालाई ब्युँताउने गरी बालकृष्ण ढुंगेललाई पक्राउ गरिएको र तत्काल स–सम्मान रिहाई गर्नुपर्ने बताए । नेताहरुले ढुंगेलको रिहाई नगरे देश पुन: द्वन्द्वमा जानसक्ने चेतावनी दिए । लोककृष्ण भट्टराईले सरकाले बृहत् शान्ति सझौताविपरीत बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्नु दुर्भाग्यपूर्ण रहेको बताए । पार्टीका सम्पूर्ण भातृ संस्थाहरुले समेत विज्ञप्ति जारी गर्दै रिहाईको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports